पब्लिक फोरकेको तीज विशेष कार्यक्रम
पाेखरा | भदौ ४, २०८१
पोखरा: पोखराबाट प्रशारण हुने पब्लिक फोरके टेलिभिजनले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ ।
टेलिभिजनमा नियमित रुपमा पब्लिक लाइभ दाहोरीसमेत सुरुआत गर्ने गरी भदौं ७ गतेदेखि तीज विशेष कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रम भदौं ७ गतेदेखि हरेक दिन दिउँसो २ बजेको समाचारपछि तिज विशेष लाइभ दोहोरी तथा मौलिक तिजे भाकाहरुको प्रशारण हुनेछ ।
सोही कार्यक्रमको पुन: प्रशारण राती ९ बजेपछि हुनेछ । अश्लिल र छाडा बन्दै गएको तीजमा मौलिक तीज भाकाहरु पस्कन तीज विशेष कार्यक्रम आयोजना गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिए ।
तीज विशेष कार्यक्रम ऋषिपञ्चमीसम्म सञ्चालन हुनेछ । त्यसपछि भने हरेक हप्ता पब्लिक लाइभ दोेहोरीसमेत सञ्चालन हुने प्रबन्ध निर्देशक क्षेत्रीले बताए ।
‘तीज भाकाहरु पर्व गीत हुन् । पर्व गीतको मौलिकता जोगाउन आमा दिदिबहिनीका गीतहरु स्टुडियोमा रेकर्ड गरिने दैनिक प्रशारण गरिनेछ,’ उनले भने, ‘परम्परागन लोक भाकालाई प्राथमिकता दिनु हाम्रो दायित्व हो ।’
तीज गीतको नाममा विकृति मौलाएको बेला पब्लिक टेलिभिजनले मौलिक तीज गीतलाई प्राथमिकता दिनु महत्वपूर्ण भएको वरिष्ठ लोकगायीका प्राज्ञ हरिदेवी कोइरालाले बताइन् ।
तीज विशेष कार्यक्रममा हरिदेवी कोइराला, पार्वती जिसी, मामा गुरुङ, सरिता सारु, मञ्जु विक, सरस्वती लामिछाने, सिमा सारुमगर, कमला सुनार, जीवन दाहाल, रामजी पौडेल, शिवहरि ढुंगाना, टेक क्षेत्री, अनिल चापागाईं, नेत्र खड्काले प्रस्तुती दिनेछन् ।
बागलुङबाट सरस्वती खड्का र अञ्जु जिसीले आफ्नो प्रस्तुती पस्किनेछन् ।
बाटुलेचौरका गन्धर्व आमा समूहहरुले परापूर्वककालदेखि गाउँदै आएका परम्परागन गीतहरुसमेत प्रस्तुत हुने टेलिभिजनका प्रबन्ध निर्देशक क्षेत्रीले बताए । कार्यक्रम पब्लिक टेलिभिजनसहित फेसबुक र युट्युबको माध्यमबाट प्रशारण हुनेछ ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

